नियम १५
उपभोक्ता समितिको गठन
(१) व्यवस्थापन योजना अनुसार संरक्षण क्षेत्रको संरक्षण तथा व्यवस्थापन गर्नका लागि परिषद्ले स्थानीय उपभोता समूह र स्थानीय गाउ“ विकास समितिस“ग समन्वय राखी एक गाउ“ विकास समितिमा वढीमा दुई उपभोक्ता समिति गठन गर्नेछ ।
(२) उपभोक्ता समितिमा देहायबमोजिमका सदस्य रहने छन्ः–
(क) समितिअन्तर्गतका उपभोक्ता समूहका अध्यक्षले आफूहरूमध्येबाट छानेको पाँच जना –सदस्य
(ख) समितिअन्तर्गतका आमा समूह वा महिला समूहका अध्यक्षले आफूहरूमध्येबाट छानेका तीनजना –सदस्य
(ग) सामुदायिक वन उपभोक्ता समूहकाअध्यक्षले आफूहरूमध्येबाट छानेको एकजना –सदस्य
(घ) पिछडिएका वर्ग, जाति वा सामाजिक कार्यकर्ताहरूमध्येबाट एकजना –सदस्य
(ङ) सम्बन्धित गाउँ विकास समितिको अध्यक्ष –पदेन सदस्य
(३) उपनियम (२) को खण्ड (घ) बमोजिमको सदस्यको मनोनयन खण्ड (क), (ख) र (ग) का सदस्यको भेलाले गर्नेछ ।
(४) समितिका सदस्यले उपनियम (२) को खण्ड (क), (ख), (ग) र (घ) बमोजिमका सदस्यमध्येबाट एक÷एकजना अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षको छनौट गर्नेछन् ।
(५) समितिका पदाधिकारीको छनौट प्रक्रिया समिति आँफैले निर्धारण गरेबमोजिम हुनेछ (६) समितिका पदाधिकारी तथा सदस्यको पदावधि गठन भएको मितिबाट पाँच वर्षको हुनेछ ।